देश शिक्षा

त्रिविको वार्षिक परीक्षा नराेकिने, सेमेस्टरबारे अध्ययन हुँदै

काठमाडौं, १५ असार-त्रिभुवन विश्वविद्यालयका सबै वार्षिक परीक्षा स्थिति सामान्य भएपछि हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा केही ढिला भए पनि गरिने बताए ।

‘वार्षिक परीक्षा रोकिँदैन । मूल्याङ्कनलाई आधार मानेर हुँदैन । स्थिति सामान्य भएपछि नयाँ तालिका निकाल्छौँ,’ उनले भने, ‘वार्षिक परीक्षाको अरु विकल्प छैन । केही ढिला हुन्छ । तर परीक्षा हुन्छ ।’

सेमेस्टरको परीक्षा के गर्ने भन्ने विषयमा कार्यदल बनाएकाले कार्यदलको सुझाव आएपछि निर्णय गरिने उनले बताए । ‘सेमेस्टरको परीक्षालाई कुन रुप दिने भनेर कार्यदलले अध्ययन गर्दै छ । कार्यदलको प्रतिवेदन आएपछि निर्णय हुन्छ । अहिले केही निर्णय भएको छैन,’ उनले भने ।

कोरोना भाइरसका कारण स्नातकदेखि स्नातकोत्तर तहसम्मका ७ लाख विद्यार्थी परीक्षाकाे प्रतीक्षामा छन् । कोरोना भाइरसका कारण त्रिविका सबै परीक्षा स्थगित गरिएको छ ।

Featured