देश

हुन्डीको ६५ लाख रुपैयाँसहित कालीमाटीबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, १५ असार-काठमाडौंको कालीमाटीबाट हुन्डीको ६५ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रमेश सिंह रहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी किशोर कार्कीले बताए ।

एसपी कार्कीका अनुसार सिंहलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कालीमाटीको फलफूल बजारबाट पक्राउ गरिएको हो ।

Featured