देश

डडेल्धुरामा बलात्कारको आरोपमा १ युवक पक्राउ

डडेल्धुरा, १५ असार-डडेल्धुरा प्रहरीले बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका–२ बसना बस्ने मिनबहादुर साँकी रहेको प्रहरीले जनाएको छ।

उनीमाथि अमरगढी नगरपालिका –४ भलिया बस्ने एक स्थानीय महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको हाे । आइतबारजबरजस्ती करणी गरेको जाहेरीको आधारमा साँकीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । पक्राउ परेका साँकीमाथि जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।

Featured