विदेश

पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण

एजेन्सी, असार १५-कारोबार भैरहेकै बेला पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण, दुईको मृत्यु कैयन् घाइते पाकिस्तानको पाकिस्तान स्टक एक्सचेन्जमा कारोबार भइरहेकै समयमा आक्रमण भएको छ ।

पाकिस्तानको कराँचीस्थित सो स्टक  एक्सचेन्जमा बन्दुकधारीको समूहले ग्रिनेड र बन्दुकले आक्रमण गर्दा कम्तीमा २ जना सर्वसाधारण र ४ जना आतंकवादी गरी ६ जनाको मृत्यु भएको छ भने कैयन् व्यक्ति घाइते भएको बताइएको छ ।

स्टक एक्सचेन्जको मुख्य भवनको गेटमै ग्रिनेड आक्रमण गरेर बन्दुकधारीहरू भित्र पसेका थिए । उनीहरू पार्किङ एरियाबाट पसेर सबैमाथि गोली वर्षाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीका अनुसार स्टक एक्सचेन्जमा आक्रमण भएको खबर पाउनासाथ सुरक्षाकर्मी घटनास्थलमा पुगेको र जवाफी कारबाहीमा ४ जना आतंवादीको मृत्यु भएको छ ।

Featured