देश

आइतबार थप ४ सय ६३ जनामा काेराेना पुष्टि

काठमाडाैं, १४ असार-आइतबार थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या १२ हजार ७ सय ७२ पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ३ सय ५८ पुरूष र १ सय ५ जना महिला गरी कुल ४ सय ६३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै देशभर ११ हजार २ सय ९८ पुरूष र १ हजार ४ सय ७४ महिला गरी कुल संक्रमितकाे संख्या १२ हजार ७ सय ७२ पुगेकाे उनले बताए ।

पछिल्लाे २४ घण्टामा काेराेना जितेर घर फर्किनेकाे संख्या १ सय ७९ रहेकाे छ । याेसँगै निकाे हुनेकाे कुल संख्या ३ हजार १३ पुगेकाे छ । अहिलेसम्म काेराेना भाइरसका कारण २८ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ।

Featured