देश राजनीति

विप्लव समूहका नगर इन्चार्जसहित ६ जना पक्राउ

धनगढी, १४ असार-धनगढीबाट विप्लव समूहका नगर इन्चार्ज प्रकाश रावलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह, डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा उनीहरूलाई धनगढी उपमहानगरपालिका- १२ को जुगेडा क्षेत्रबाट पक्राउ गरिएको हो ।

Featured