काठमाडाैं, १४ असार-पूर्वउपप्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल–भारतबीचको खुला सिमाना बन्द गरी भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।
शनिबार स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले भिसा प्रणाली लागू गर्नुपर्ने बताएका हुन् । यस्तो भिसा निःशुल्क हुनुपर्ने उनको भनाइ छ । उनले दशगजाको दुर्वतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्नेमा पनि जोड दिए ।
‘अब ढिला नगरी नेपाल–भारतबीच रहेको खुल्ला सिमाना बन्द गरी प्रवेशाज्ञा प्रणाली लागू गर्नुपर्छ । प्रवेशाज्ञा भने निःशुल्क उपलब्ध हुनुपर्छ’, उनले भने, ‘सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्छ ।’
उनले जस्तै तनावमा भए पनि दुवै छिमेकी मुलुकसँग नेपालले युद्धको कल्पना गर्न नहुने बताए । ‘सबै समस्या शान्ति वार्ताबाट नै समाधान गर्नुपर्छ’, गौतमले भने ।
प्रतिक्रिया दिनुहोस