डडेल्धुरा, १४ असार -सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि नमुना संकलन भएका ४ हजार जनाको रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ४ हजार १ सय ७४ जनाको रिर्पोट नआएको हो ।
उनीहरूमध्ये सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ हजार ७४ नमुना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएका १ हजार १ सय जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस