विदेश

भारतमा एकै दिन थपिए २० हजार कोरोना संक्रमित  

एजेन्सी, असार १४-भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको संख्या ५ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ अहिलेसम्मकै बढी २० हजार संक्रमित थपिएका छन् ।

वल्डोमिटरका अनुसार शनिबार भारतमा कोरोनाबाट ४ सय १४ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ मृतकको संख्या १६ हजार नाघेको छ ।  देशभरी अहिले २ लाख २ हजार सङ्क्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमणमुक्त हुनेहरूको संख्या ३ लाख १० हजार नाघेको छ ।

Featured