देश

७७ जिल्लामै फैलियो कोरोना

काठमाडौं, १३ असार-नेपालका ७७ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ । अहिलेसम्म बाँकी रहेको जिल्ला रसुवामा आज ९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रसुवाका ९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । संक्रमितमध्ये १ जना महिला र अन्य पुरुष रहेका छन् । योसँगै नेपालका सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको हो ।

Featured