काठमाडौं, १३ असार-वर्षाका कारण शनिबार २ सडकखण्ड अवरुद्ध भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थान प्राधिकरणका अनुसार अरनिको राजमार्ग र बेनी जोमसम सडकखण्ड अवरुद्ध भएका हुन् ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा तातोपानी बजार नजिकै वर्षाको कारण सडक भासिएकोले राजमार्ग अवरुद्ध भएको जनाइएको छ।
त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना थामपाटामा अविरल वर्षाको कारण ढुंगामाटोसहित लेदो खस्दा बाटो पूर्णरूपमा अवरुद्ध भएको गृहले जनाएको छ । शनिबार देशका अधिकांश ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस