विदेश

राष्ट्रसंघका अधिकारी कारमै यौन सम्बन्धमा मस्त, भिडियो बन्यो भाइरल

एजेन्सी, असार १३-इजरायलमा तैनाथ रहेका संयुक्त राष्ट्रसंघका एक अधिकारीले कारमा नै यौन सम्बन्धराखेको भिडियो भाइरल बनेको छ । यो भिडियो बाहिर आएपछि संयुक्त राष्ट्रसंघले ती अधिकारीमाथि कडा कारबाही गर्ने विश्वास दिलाइको छ । साथै राष्ट्रसंघले यो भिडियोलाई लिएर चिन्ता उत्पन्न भएको पनि उल्लेख गरेको छ ।

यो भिडियोमा राष्ट्रसंघका ति अधिकारीलाई रातो पोसाक लगाएकी युवतीसँग आपत्तिजनक अवस्थामा देखिन्छ । यो भिडियो सामाजिक सञ्जालमार्फत बाहिर आएको हो ।

संयुक्त राष्ट्रसंघले यो भिडियोबार जाँच भइरहेको र ति व्यक्ति पहिचान गर्ने नजिक पुगेको पनि उल्लेख गरेको छ । उनी इजरायलमा कार्यरत शान्ति संगठनका कर्मचारी भएको हुनसक्ने बताइएको छ । राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफन डुजारिक १८ सेकेन्ड लामो भिडियोमा भइरहेको व्यवहार लज्जास्पद रहेको बताएका छन् ।

Featured