देश

कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु

डडेल्धुरा, १३ असार-कैलालीका कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका- ७ का ५० वर्षीय पुरुषको बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हाे ।

उनी क्यान्सरका बिरामी थिए। चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो।

 शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेसन वार्डबाट आइसीयूमा सारिएको थियाे । योसँगै सुदूरपश्चिममा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ।

Featured