देश

घर फर्काइएका पुरुषमा कोरोना संक्रमण

सुर्खेत, १२ असार-ओमानबाट आएका सल्यान शारदा नगरपालिका १२ डाग्रीका एक पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । ओमानको नेपाल आउँदाको रिर्पोटका आधारमा उनलाई घरमा पठाइएको थियो ।

विदेशबाट घर फर्कने क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै होम क्‍वारेन्टाइनमा बस्नका लागि घर फकाइएका ती पुरुषको पशुपक्षी रोग तथा अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको छ ।

घरमा पठाएपछि होम क्‍वारेन्टाइनमा बस्दै आएका र अब आइसोलेसनमा राख्ने तयारी भएको नगरपालिकामा  कोरोना फोकल पर्सन रविन विष्टले बताए । ‘घर सिल गर्नुपर्ने अवस्था आएको छ’ उनले भने, ‘३ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको हो ।’

Featured