देश राजनीति

‘कालापानीसँगै भारतले मिचेका सबै भूमि फिर्ता ल्याउन पहल गरियाेस्’ 

?????????????????

काठमाडाैं, १२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यहरूले भारतसँगको सीमा विवाद समाधानका लागि प्रभावकारी पहल गर्न पार्टी र सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सुरू स्थायी कमिटी बैठकमा सदस्यहरूले भारतले अतिक्रमण गरेकाे भूमिबारे गम्भीर बन्न पार्टी र सरकारलाई आग्रह गरेका हुन् ।

कालापानी मात्र नभएर देशका विभिन्न ठाउँमा अतिक्रमित भूभाग फिर्ता ल्याउने गरी भारतसँग कुरा राख्नुपर्ने माग बैठकमा उठेको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।

‘लिम्पियाधुरासम्मको भूमि समेटेर निकालेको नयाँ नक्सा र संविधान संशोधनको सरकारी कदमलाई साथीहरूले स्वागत गर्नुभयो । तर, कालापानी मात्र नभएर महाकालीदेखि मेचीसम्मका सीमामा देखिएको विवाद समाधान गर्न पार्टी र सरकारको ध्यानाकर्षण गराउनुभएको छ’, न्यौपानले भने ।

Featured