देश राजनीति

घनश्याम भुषाल भन्छन्ः कृषि मन्त्रालयमा नापी शाखा

?????????????????

काठमाडौं, १२ असार-विभिन्न संचारमाध्यमले कृषि मन्त्रालयको नापी शाखाको हवाला दिदै चीनले नेपालको ११ स्थानमा सीमा मिचेको फेक समाचार यतिवेला चर्चामा छ ।

मुलधारका संचारमाध्यमलेसमेत प्राथमिकताका साथ कृषि मन्त्रालयको नापी शाखाको हवाला दिदै समाचार लेखेपछि कृषि मन्त्री घनश्याम भुषालले नेकपाको जारी स्थायी कमिटी बैठकमै मन्त्रालयमा नापी शाखा नरहेको स्पष्टीकरण दिनुपर्यो ।

बैठकमा संचारमाध्यमप्रति व्यंग्य गर्दै भुषालले ‘सामाजिक सञ्जालमा धेरै पहिला देखिएको एउटा पत्रलाई लिएर समाचार बनाउने बिचराहरु’समेत भनिदिए ।

हस्ताक्षरविनाको एउटा पुरानो पत्रलाई उदृत गर्दै धमाधम समाचार बनेपछि मन्त्री भुषालले हास्यास्पद विषयको पछि नलाग्न आग्रह पनि वैठकमै गरेको सहभागी एक नेताले बताए । नेकपाको जारी बैठकमा आज सीमा समस्यावारे छलफल भइरहेको छ । यसपटक बैठकमा नेताहरुले एजेण्डागत छलफल गरिरहेका छन् । नेकपा स्थायी कमिटी बैठकका ७ वटा एजेण्डा छन् ।

Featured