देश

कैलालीमा एकै वर्ष सशस्त्रको ७ बिओपी स्थापना

धनगढी, ११ असार-कैलाली यो वर्ष थप ७ वटा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।१०१ किलोमीटर खुला सीमा रहेको कैलालीमा यो बर्ष थप ७ वटा बीओपी स्थापना भएको हो ।

योसँगै अब जिल्लामा बिओपीको संख्या १० पुगेको छ ।  बुधबार मात्र जिल्लाको भजनी नगरपालिका-३ कुसुमघाटमा नयाँ बिओपी स्थापना गरिएको छ ।

नयाँ बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी सुदूरपश्चिम प्रदेशका बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले राज्य र संगठनले सुम्पेको जुनसुकै दायित्व विगतदेखि नै सशस्त्र प्रहरीले व्यावसायिक ढंगले सम्पादन गर्दै आइरहेको स्मरण गर्दै सीमा सुरक्षाको गहन जिम्मेवारीलाई अनुशासित एवं कर्तव्यनिष्ठ भएर सम्पादन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए ।

Featured