देश

कोशी अस्पतालमा नयाँ मेसुले पदभार सम्हाले

विराटनगर, भदौ १–विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसुले पदभार सम्हालेका छन् । डाक्टर गुणराज लोहनीले आइतबारदेखी पदभार सम्हालेका हुन् । कोशी अस्पतालको मेसु भएलगतै उनले संघीय, स्थानीय र प्रदेश सरकार तिनवटै तहसँग मिलेर अस्पतालको विकासमा लाग्ने बताए ।

उनले अहिले अस्पतालमा भएका समस्याहरु बुझ्ने काम भैरहेको भन्दै समस्यालाई समाधान गर्न आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे । डाक्टर लोहनी यसअघि स्वास्थ्य विभागमा महानिर्देशकको जिम्मेवारीमा थिए । अस्पतालले जनशक्ति, बिजुली, खानेपानी, फोहरमैला व्यवस्थापन लगायतका विभिन्न समस्या झेल्दै आएको छ ।