देश शिक्षा

एसईईको मूल्याङ्कन कार्यविधि अन्तिम चरणमा

काठमाडौं, ८ असार-एसईईको मूल्याङ्कन कसरी गर्ने भन्ने कार्यविधि बनाउन गठित समितिले प्रतिवेदन तयार पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार पारेको हो । समितिले प्रतिवेदन आज नै बोर्डमा बुझाउने तयारी गरेको छ ।

‘समितिले बनाएको कुरा बोर्डमा बुझाउँछौँ । बोर्डले स्वीकृत नगरेसम्म अर्थ हुँदैन । स्वीकृत भएपछि कार्यविधिको रूप धारणा गर्ने हो,’ समितिका सदस्य एवं परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘समितिले बनाएको कुरामा बोर्डले परिवर्तन पनि गर्न सक्छ । हामीले यसो गर्न सकिन्छ भनेर सिफारिस मात्र गर्ने हो ।’

विद्यालयले लिएको त्रैमासिक परीक्षालाई आधार मानेर पनि मूल्याङ्कन गर्न सकिने विकल्प अगाडि सारिएको छ । शिक्षा विज्ञहरुले पनि त्रैमासिक परीक्षालाई नै आधार मान्नुपर्नेमा जोड दिएका छन् । कोरोना भाइरसका कारण यो वर्षको एसईई नगर्ने सरकारले निर्णय गरेको थियो।

Featured