देश

सुदूरपश्चिम प्रदेशमा थप ९६ जनामा कोरोना पुष्टि

डडेल्धुरा, ८ असार-सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार काठमाडौंमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमित मध्ये कैलालीमा १ महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा १ महिला र १३ पुरुष गरी १४ जना, डोटीमा ४ महिला र ३  पुरुष गरी ७ जना र अछाम जिल्लामा १ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १ हजार १ सय २० पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका ३ सय १९, डडेल्धुरामा २ सय १, बैतडीमा १ सय ५६, डोटीमा १ सय ६१, कञ्चनपुरमा १ सय, अछामका ७७, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने १सय ३४ जना निको भएर घर फर्किसकेका छन् ।

Featured