देश

धनगढीमा ४ दिनदेखि बेपत्ता युवक मृत भेटिए थप

धनगढी, ८ असार-धनगढीमा ४ दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका घर भई हाल धनगढीमा डेरा गरी बस्ने १८ वर्षीय ठक्करबहादुर खड्का मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले ४ असारदेखि हराइरहेका खड्का आइतबार गेटा सामुदायिक वनमा मृत अवस्थामा भेटिएको बताए ।

कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दै आएका खड्का मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Featured