विदेश

२४ घन्टामा विश्वमा एक लाख ८३ हजार संक्रमित थपिएः डब्लुएचओ

एजेन्सी, असार ८-कोरोना भाइरसको महामारी विश्वभर झनै तीव्र गतिमा फैलिएको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरस सङ्क्रमण अहिलेसम्कै सर्वाधिक दैनिक वृद्धि भएको छ।

पछिल्लो २४ घन्टामा मात्र विश्वमा एक लाख ८३ हजार सङ्क्रमित थपिएको डब्लुएचओले जनाएको छ । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी २३ लाख ५६ हजार संक्रमित रहेका छन् भने १ लाख २२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा छ । ब्राजीलमा हालसम्म ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी संक्रमित रहेका छन् ।

यद्यपि ब्राजीलमा अझै ठूलो संख्यामा परीक्षण नभएका कारण संक्रमितको संख्या यो भन्दा बढी हुने अनुमान विज्ञहरुले गरेका छन् । अमेरिकी र एसियाली क्षेत्रमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको डब्लुएचओले जनाएको छ ।

Featured