देश

पछिल्लो २४ घन्टामा थप १९४ जना संक्रमित डिस्चार्ज

काठमाडौं, ७ असार-कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १ सय ९४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटकमा ८ महिला र १८६ जना पुरुष गरी जम्मा १९४ जना संक्रमित निको भएका हुन् ।

डिस्चार्ज हुनेमा काठमाडौं मेडिकल कलेजबाट दुवाकोटबाट काभ्रेका २ महिला र ३ पुरुष गरी ५ जना, जलेश्वर अस्पताल महोत्तरीबाट १ जना महिला र १७ पुरुष गरी १८ जना रहेका छन् ।

यस्तै अल्पाइन नर्सिङ इन्स्टिच्युट सर्लाहीबाट १ महिला र ७३ पुरुष गरी ७४ जना, धरहरी स्कुलबाट रौतहटका १ महिला ४२ पुरुष गरी ४३ जना, शाही कृष्ण आइसोलेसनबाट सप्तरीका १ महिला र ११ पुरुष गरी १२ जना, गौर नर्सिङबाट रौतहटका २ महिला र ४० पुरुष गरी ४२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना संक्रमितमध्ये १ हजार ७७२ जना निको भएर डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज हुनेमा १४९ महिला र १ हजार ६ जना २३ जना पुरुष रहेका छन् ।

Featured