देश

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, ७ असार-कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नयाँ मृत्यु हुनेमा गुल्मी छत्रकोट गाउपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुष रहेकाच छन् ।

उनी प्यरालाइसिसको उपचारका लागि भारत गएकोमा गत २५ जेठमा नेपाल आएर होम क्वारेन्टाइनमा नै बसिरहेका थिए । होम क्वारेन्टाइनमै रहेका बेला उनको ५ असारमा मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

उनको ६ असारमा नेपाली सेनाको सहयोगमा अन्त्येष्टि गरिएको छ । योसँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । हालसम्म संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

Featured