देश

बुढीगंगामा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, असार ७–मोरङ बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे बिराटनगर–६ स्थित स्टर्न कोल्ड स्टोरमा वेल्डिङ गर्ने क्रममा महतोको करेन्ट लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर बेहोस भएका उनलाई तत्काल उपचारका लागि विराटनगर स्थित बिराट नर्सिङहोम लगिएकोमा उपचारकै क्रममा उनको दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार मृतकसोही स्टोरमा वेल्डिङको काम गर्दै आएका थिए।

Featured