देश शिक्षा

आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने भएपछि एसईईको तयारीमा रहेका विद्यार्थीमा निरासा

धनगढी, ७ असार-कोरोना महाकारीका कारण यसवर्ष एसईई परीक्षा नहुने भएपछि विद्यार्थीहरु समस्यामा परेका छन् । पढाइ सकेर परीक्षाको अन्तिम तयारीमा रहेका बेला गरिएको लकडाउनका कारण मारमा परेका उनीहरू अब परीक्षा नै नहुने भनेपछि समस्यामा परेका हुन् ।

सरकारले यस वर्ष एसईई परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा गर्ने जनाएपछि विद्यार्थीहरुमा निराशा बढेको छ । गत ६ चैत्रदेखि सञ्चालन हुने भनिएको एसईई परीक्षा कोरोना भाइरसको महामारीका कारण स्थगित भई अहिले विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा नतिजा निकाल्ने तयारी भइरहेको छ ।

परीक्षाको अन्तिम कसरतमा रहेका विद्यार्थीहरु परीक्षा हुने भनिएको समय भन्दा १ दिन अगाडि मात्र स्थगित भएपछि समस्यामा परेका थिए । परीक्षाको पर्खाइमा रहेका विद्यार्थीहरु अब भने सरकारले विद्यालयको आन्तरिक मूल्यांकनको आधारबाट एसईईको मूल्याङ्कन हुने जनाए पछि उनीहरू निराश बनेका छन् ।

Featured