देश

रुकुम पश्चिमका १ जनामा पनि देखियो कोरोना संक्रमण

सुर्खेत, ६ असार-कर्णाली प्रदेशको १० जिल्लामध्ये कोरोना संक्रमण नदेखिएको रुकुम पश्चिममा १ जनामा कोरोना संक्रमण देखा परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १ जनामा कोरोना देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा मुसीकोट नगरपालिका–१२ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रतिष्ठानका कामु रष्जिट्रार कैलाशप्रसाद देवले बताए । रुकुम पश्चिममा संकलन गरिएका २४४ स्वाबमध्ये २० वटा परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण भेटिएको प्रतिष्ठानले जनाएको छ ।

Featured