खेलकुद

पहिलो टेस्टमा श्रीलंकाद्धारा न्युजिल्याण्ड पराजीत

एजेन्सी, भदौ १– श्रीलंका न्युजिल्याण्डसँगको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा विजयी भएको छ। २ सय ६८ रनको लक्ष्य श्रीलंकाले अन्तिम दिन ४ विकेट गुमाएर भेट्टाएको हो।

दिमुथ करुणारत्नेले १ सय २२ रनको योगदान गरे। लाहिरु थिरिमानेले ६४, एन्जेलो म्याथ्युजले २८ रन र कुशल परेराले २३ रन जोडे। यसअघि ब्याटिङ रोजेको न्युजिल्याण्डले पहिलो इनिङमा २ सय ४९ रन बनाउँदा सबै १० विकेट गुमाएको थियो। रस टेलरले सर्वा्धिक ८६ रनको योगदान गरेका थिए। न्युजिल्याण्डको पारी धराप पार्ने क्रममा अकिला धनञ्जयले ५ र सुरंगा लकमालले चार विकेट लिएका थिए।

श्रीलंकाले आफ्नो पहिलो इनिङमा २६७ रन बनाउँदा अलआउट भएको थियो। कुशल मेन्डिस, एन्जेलो म्याथुज र निरोशन डिकवेलाले अर्धशतक प्रहार गरेका थिए। न्युजिल्याण्डका लागि अजाज पटेलले ५, विलियम समरभिलले ३ र ट्रेन्ट बोल्टले २ विकेट लिएका थिए।

न्युजिल्याण्डले दोस्रो इनिङमा २ सय ८५ रन बनाउँदा अलआउट भएको थियो। वाट्लिङले सर्वा्धिक ७७, टम लाथमले ४५ र विलियम समरविलले ४० रन बनाए। श्रीलंकाका लसिथ इमबुलदेनियाले ४, धनञ्जय डि सिल्भाले ३, लाहिरु कुमाराले २ र अकिला धनञ्जयले १ विकेट लिए। दोस्रो टेस्ट अगस्ट २२ देखि हुनेछ। टेस्ट सिरिजपछि श्रीलंका र न्युजिल्याण्डले ३ टी–२० खेलको सिरिजमा प्रतिस्पर्धा गर्नेछन्।

Featured