देश

बालिका बलात्कार आरोपमा दाइ पक्राउ

डडेल्धुरा, ६ असार-कञ्चनपुरमा ९ वर्षीया बालिका बलात्कार आरोपमा दाइ पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-१० की ९ वर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली घर भएर कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र दयाल पक्राउ परेका हुन् ।

उनमाथि फुपुकी छोरीमाथि बलात्कार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बालिकाका परिवारका सदस्यले दयालविरुद्ध जाहेरी दिएको जानकारी दिए । उनले पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको बताए ।

Featured