देश राजनीति

नेकपा सचिवालय बैठक : विवाह भएको ७ वर्ष पूरा गरेपछि मात्रै अंगीकृत नागरिकता

काठमाडौं, ६ असार-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नागरिकता विधेयकका बारेमा छलफल गरेको छ । शनिबार बिहान बसेको पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने निष्कर्ष निकालेको छ।

बैठकले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको ७ वर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने पार्टीले निर्णय गरेको नेकपालका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा २ वर्षदेखि विवादित रूपमा अड्किएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे नेकपाको यस्तो सहमति भएको हो ।

Featured