देश

झुण्डिएको अवस्थामा देवर-भाउजू मृत फेला

 इलाम, ६ असार-इलामकाे माङसेबुङ गाँउपालिका-६ मा २ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ वर्षीया गिता राई रहेका छन् ।

बिहीबार बिहान  कसैलाई नसोधेर घरबाट हिँडेका देवर, भाउजू बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिव ७ सय मिटर टाढा रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा दुबै जनालाई फेला पारिएको प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मंगलबारेबाट गएको प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

Featured