देश

बैतडीमा कारागार सुरक्षाको जिम्मा सेनालाई

बैतडी, ६ असार-कारागार कार्यालय बैतडीको सुरक्षामा शुक्रबारदेखि नेपाली सेना परिचालन गरिएकोे छ । कारागार र विकास आयोजनासहित महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयअनुसार नै सेनालाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

कारागार सुरक्षाको जिम्मा बैतडीमा रहेको हनुमानध्वज गुल्मका सेनालाई दिइएको हो । केही दिनअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला कारागारको सुरक्षाको जिम्मेवारी सेनालाई दिने निर्णय गरिएको थियो ।

यसअघि कारागारको सुरक्षा दिइरहेका नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रण क्षेत्रमा खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी बताए ।

Featured