देश

जङ्गी अड्डामा पृतना सम्मेलन

काठमाडौं, ५ असार-मुलुकको सुरक्षा अवस्था र कोभिड-१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति सम्मेलन सुरू भएको छ ।

उक्त सम्मेलनमा उपत्यका बाहिरका ७ र उपत्यका पृतनाले आआफ्नो कार्यक्षेत्रको शान्ति सुरक्षा र चुनौतीलगायतका विषयमा पृतनापतिबाट विश्लेषणात्मक प्रस्तुती हुनेछ ।

सम्मेलनमा राष्ट्रिय सुरक्षा अवस्था, कोभिड-१९ को जिम्मेवारीको समीक्षाका साथै सहजीकार्यमा देखिएका कठिनाइ, संविधानले दिएको जिम्मेवारी बहन गर्दा लाग्ने गरेका लञ्छना र नेत्रविक्रम चन्द समूहका क्रियाकलाप लगायतका विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

सम्मेलनमा पृतनाका अतिरिक्त महानिर्देशनालय र विभागका तर्फबाट समेत कार्य जिम्मेवारी र भाबी योजनाबारे प्रस्तुती हुनेछ । सेनाको पृतनाको नेतृत्व उपरथी तहबाट हुँदै आएको छ ।

Featured