देश

बालिका बलात्कार आरोपमा २ युवक पक्राउ

कैलाली, ५ असार-कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।प्रहरीले गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका-४ बस्ने १९ वर्षका का नवीन सावद र सोही ठाउँका २० वर्षीय चन्द्र सावदलाई पक्राउ गरेको हो ।

पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured