देश

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

काठमाडौं, ५ असार-गण्डकी प्रदेशमा शुक्रबार बिहान २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितमा बागलुङका १४, कास्कीका ६, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्वका) २/२ जना रहेका छन् ।योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ३ सय ४८ पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशानलायका अनुसार आज संक्रमण पुष्टि भएका सबै जना केही दिनअघि भारतबाट फर्किएर क्वारेन्टाइनमा बसिरहेका थिए । उनीहरूलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Featured