देश

बनेपाबाट ९ लाख रुपैयाँ चोरी भागेका अभियुक्त पक्राउ 

काठमाडौं, ४ असार-बनेपाबाट पसल चोरी गरेर ९ लाख रुपयाँ लिएर भागेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितव रत्ननगरपालिका–१ का प्रकाशजंग कुँरव छन् ।

उनलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको टोलीले नवलपरासीको सुनवल पुगेर पक्राउ गरेको हो । उनको साथबाट १ लाख ५० हजार नदगसमेत बरामद भएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । त्यस्तै प्रहरी उनकाे साथबाट माेबाइल चाेरी गर्दा लगाएका लुगासमेत बरामद गरेकाे छ ।

प्रक्राउ परको कुँवरले २८ जेठमा बनेपा–७ स्थित सुरेश घिसिङले सञ्चालन गरेका तेण्डेल हार्डयेवर प्रालीको काउण्टर फोडेर ९ लाख ४ हजार रुपायाँ चोरेर भागेका थिए ।

Featured