देश

सेनाले गर्‍यो सम्मानका साथ काेरोना संक्रमितको शव व्यवस्थापन

धनगढी, ४ असार-कोरोना संक्रमणका कारण बुधबार बेलुका सेती अस्पतालमा मृत्यु भएका पुरुषको शव सेनाले व्यवस्थापन गरेको छ । मृतकको शव मोहना नदी किनारमा मापदण्डअनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार नेपाली सेनाले नै खटाएका ब्रहामणले हिन्दु संस्कारअनुसार मृत्युपछिको कर्मकाण्ड पूरा गरी आफन्तसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहबरमा शवको व्यवस्थापन गरिएको हो ।

मृतकको शव व्यवस्थापन गर्ने क्रममा सेनाका तोकिएका व्यक्तिबाहेक मृतकका आफन्तले टाढैबाट हेरेका थिए । शव व्यवस्थापनअघि सेनाले शवप्रति सम्मानसमेत प्रकट गरेको थियो ।

Featured