देश राजनीति

छिट्टै दैनिक १० हजार व्यक्तिको कोरोना परीक्षण : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, ३ असार-उपप्रधान, रक्षामन्त्री  तथा कोरोना भाइरस कोभिड १९ क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले छिट्टै कोरोनाको परीक्षण दैनिक १० हजार पुर्‍याउने बताएका छन् ।

सीसीएमसीले नेपालमा भदौसम्म नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने अनुमान गरेको छ । अहिलेको अवस्थामा नै फैलियो भने पिकमा पुग्न भदौ पूरा लाग्न सक्ने अनुमान गरिएको पोखरेलले बताए।

Featured