देश

प्रदेश २ मा एक दिन ३४८ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, ३ असार-प्रदेश–२ मा आज एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । आज एकै दिनमा प्रदेश– २ मा २१ जना महिला र ३ सय २७ जना पुरुष गरी कुल ३ सय ४८ जना जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या २ हजार ७ सय २७ पुगेको छ । आज संक्रमित भएकाहरूमध्ये महोत्तरी जिल्लाका अहिलेसम्मकै सबैभन्दा बढी २ सय जना व्यक्तिहरू रहेका छन् ।

त्यस्तै, रौतहटमा १ सय ११ जना, धनुषामा २६ जना, सर्लाहीमा ६ जना, बारामा ४ जना र सिरहामा १ जना व्यक्ति संक्रमित भएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए ।

प्रदेशमा संक्रमित २ हजार ७ सय २७ सबैभन्दा बढी रौतहटका १ हजार ५ जना छन् । त्यस्तै, ५ सय ३३ जना सर्लाहीका, ५ सय ७ जना महोत्तरीका, २ सय ११ जना धनुषाका, १ सय ५६ जना पर्साका,१ सय ३६ जना सप्तरीका, १ सय ३ जना बाराका र ७६ जना सिरहाका व्यक्तिहरू छन् ।

Featured