NRNA खबर देश विदेश

रुसमा कोरोना संक्रमितको संख्या साढे ५ लाख नाघ्यो, साढे ७ हजारको मृत्यु

मस्को, असार ३–रुसमा कोरोना संक्रमितको संख्या साढे ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४३ जना नयाँ थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ३ सय १ पुगेको हो । जस मध्ये ७ हजार ४ सय ७८ जनाको संक्रमणबाट ज्यान भएको छ ।

वल्र्डोमिटरको तथ्यांक अनुसार रुसमा हालसम्म कोरोना संक्रमण मुक्त भएर ३ लाख ४ हजार ३ सय ४२ जना घर फर्किएका छन् । २ लाख ४१ हजार ४ सय ८१ जना अझै उपचाररत रहेको जनाइएको छ ।

त्यसैगरी नेपालमा बुधबारसम्म ७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

१ हजार १ सय ६७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने ५ हजार ९ सय ९० जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

विश्वमा बुधबार साँझसम्म ८२ लाख ९५ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जस मध्ये ४ लाख ४६ हजार ७ सय ५७ जनाको ज्यान गएको छ । ४३ लाख ४७ हजार ३ सय ३१ जना निको भएर घर फर्किएका छन् भने विश्वमा अहिले ३५ लाख १ हजार २ सय ७१ जना उपचाररत रहेका छन् ।

Featured