देश

कालीकोटका २५ जनाले कोरोनालाई जितेर घर फर्किए

कालीकाेट, ३२ जेठ-विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर कालीकाेटका २५ जना घर फर्केका छन् ।कोरोना पोजिटिभ देखिएपछि १८ जेठदेखि आइसोलेसनमा बसेका २९ जनालाई आइसोलेसनमा भर्ना गरिएकाेमा तीमध्ये पीसीआर रिपाेर्ट नेगेटिभ आएका २५ जनालाई डिस्चार्ज गरिएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए ।

उनका अनुसार २५ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएपछि उनीहरूलाई आइतबार साँझ घर पठाइएको हो । उनीहरूलाई कालीकाेटको सदरमुकाम मान्मास्थित एकीकृत भवनको आइसोलेसन वार्डमा राखिएको थियो । २५ जनालाई डिस्चार्ज गरिएपछि अब त्यहाँ ४ जनाले उपचार गराइरहेको डा. महतले जानकारी दिए ।

Featured