देश

आजै मात्र ४ सय २५ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ५ हजार ७ सय ६०

काठमाडाैं, ३२ जेठ-आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै कुल संक्रमितकाे संख्या ५ हजार ७ सय ६० पुगेकाे छ । २४ घण्टाभित्र ६१ जना निकाे भएर घर फर्किएका उनले बताए । कोरोना भाइरसका कारण नेपालमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने ९ सय ७४ जना निको भएर घर फर्किएका छन् ।

थप एकजनाकाे मृत्यु 

काेराेना संक्रमणबाट गुल्मीका ३६ वर्षीय पुरुषको मृत्यु भएको छ । १२ जेठमा प्रदेश प्रयोगशालामा उनमा कोरोना पुष्टि भएको थियो । क्यान्सरबाट पीडित उनकाे उपचारका क्रममा ३१ जेठ राति आइसोलेसनमै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गाैतमले बताए ।  ती व्यक्ति भारतबाट फर्किएका थिए । याेसँगै नेपालमा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या १९ पुगेको छ ।

Featured