देश राजनीति

संविधान संशोधनमा १२ सांसद अनुपस्थित

काठमाडौं, ३१ जेठ-भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भाग राखेर नेपालले निसान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधन विधेयकको मतदान प्रकियामा उपस्थित २५८ मध्ये सबैले पक्षमा मतदान गरे । प्रतिनिधि सभामा तत्काल कार्यम रहेको २७५ मध्ये दुई तिहाईभन्दा बढी बहुमत नेपालको संविधानको दोस्रो संशोधन २०७७ पारित गरिएको हो ।

तर, २७५ मध्ये १२ जना भने मतदानमा अनुपस्थिति भए त्यसमध्ये सरिता गिरी बैठक बहिस्कार गरेर हिँडेकी थिइन् भन्ने अन्य १२ जना सांसदको अनुपस्थित रहे । सभामखु संसदको तटस्थ व्यक्ति भएकोले मतदान गरेनन् भने ४ सदस्य भने निलम्बित रहेका छन् ।

अनुपस्थित १२ सांसद

  • अम्रिता देवी अग्रहरी
  • गोपालबहादुर वम
  • सरिता गिरी
  • धनबहादुर बुढा
  • नगेन्द्र कुमार
  • शिवकुमार मण्डल
  • प्रमोद शाहा
  • सूर्यनारायण यादव
  • सूर्य केसी
  • हरिबोल गजुरेल
  • ज्ञानकुमारी छन्त्याल

Featured