विदेश

थाइल्यान्डमा मजदूर बोकेको भ्यान ट्रकसँग ठोकिंदा ११ जनाको मृत्यु

बैंकक, एजेन्सी, भदौ १–थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन्।

भ्यानमा भिसा नवीकरणका लागि लाओसका कामदारहरु सवार थिए। उनीहरु सा काओ प्रान्तबाट चान्थाबुरी अध्यागमन कार्यालयतर्फ गइरहेका थिए।

प्रहरीले भ्यानका चालक निदाएको हुन सक्ने बताएको छ। राजमार्गमा उक्त भ्यान विपरीत दिशातर्फ गएर अर्को ट्रकलाई ठक्कर दिएको थियो। उद्धारकर्मीहरुले मृतक एवं घाइतेको तत्कालै उद्धार गरेका थिए।

Featured