काठमाडौं, ३१ जेठ-नेपालमा शनिबार थप २७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार २४७ पुरुष र ३६ जना महिला गरि २७३ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । यसमध्ये ४ हजार ९४९ जना पुरुष रहेका छन् भने ३८६ जना महिला रहेका छन् । कोरोना संक्रमणमुक्त भएर गत २४ घण्टाको अवधिमा डिस्चार्ज हुनेको संख्य ३६ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस