देश राजनीति

देउवाले भने, ‘लिपुलेक हाम्रै हो, हामी सरकारको साथमा छौँ’

काठमाडाैं, ३१ जेठ-पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमाको विषयमा नेपाल सरकार र प्रतिपक्षी एक ठाउँमा रहेको बताएका छन् ।

संविधान दोस्रो संशोधन विधेयक प्रस्तावमाथिको छलफलमा उनले यस्तो बताएका हुन् । ‘लिम्पियाधुरासम्मको भूमि नेपालकै हो । भूमि फिर्ता ल्याउन सरकारबाट भएका निर्णयलाई हामीले स्वागत गरेका छौँ । आगामी दिनमा सहयोग पनि गर्नेछौँ’, देउवाले भने ।

Featured