देश राजनीति

‘संविधानमा असन्तुष्टिका बीच जसपालाई नक्सा पारित गर्ने प्रस्ताव सहर्स स्वीकार’

काठमाडौं, ३१ जेठ-राजपा नेता राजेन्द्र महतोले देशको गुमेको भूमि नेपालको नक्शामा राख्ने सवालमा गरिएको प्रस्ताव महत्वपूर्ण रहेको बताएका छन् । नेपालको संविधान दोस्रो संशोधनका क्रममा दफवार छलफलमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

यो सामान्य कुरा नभएको र निकै महत्वपूर्ण भएको बताएका छन् । आफ्नो भूमि जोगाउनको लागि सबै एक ठाउँ छन् भन्ने विषयमा भएको बताएका छन्। मधेशीले राष्ट्रियताका कुरा गर्छर भन्ने गरिएको भन्दै राष्ट्रियता सबै नेपालीको भएको उनलेब ताए । सभामुखले अन्य २ वक्तालाई समय नतोकेको र आफूलाई समय तोकेको भन्दै आपत्ति जनाएका छन् ।

राष्ट्रपात र राष्ट्रघातको विषयमा सही ढंगले विश्लेषण गरिनु पर्ने बताए । ‘सरकारले नयाँ नक्सा ल्याएर पछि ठीक गर्नुभयो प्रधानमन्त्रीजू अब भूमि फिर्ता ल्याउनुहोस भनेका थियौँ’ उनले भने ।

उनले संविधानमा पर्याप्त असन्तुष्टि रहे पनि नयाँ नक्सा पारित गर्ने विषय आफूहरूलाई स्वीकार भएको बताए । ‘हाम्रा पर्याप्त असन्तुष्टिका बीच जनता समाजवादी पार्टीले नक्सा पारित गर्ने प्रस्तावलाई सहर्स स्वीकार गर्छ’ उनले मधेसी राष्ट्रघाती होइनौँ भन्ने यो प्रमाण हो । उनले सीमाको रक्षा मधेसी जनताले गरेको पनि बताए ।

Featured