देश

मेयर मलासीको श्वासप्रश्वासमा समस्या, उपचारका लागि काठमाडौं लगियो

डडेल्धुरा, ३० जेठ-दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीको स्वास्थ्यमा समस्या आएको छ । भारतबाट आएका नेपालीको व्यवस्थापनमा दौडधुपमा रहेकी मेयरको श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं लगिएको हो ।

स्वास्थ्यमा समस्या आएपछि धनगढी पुगेर उपचारपछि डाक्टरले आराम गर्न दिएको सुझावअनुसार घरमा आराम गरिरहेकी मेयर मलासीलाई गयराति फेरि श्वासप्रश्वासमा समस्या आएपछि आज नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको मेयरका स्वकीय सचिव रवीन्द्र जोशीले बताए । मेयर मलासी लामो समयदेखि प्रेसरको औषधि सेवन गर्दै आएकी थिइन् ।

Featured