काठमाडौं, जेठ ३०-सर्लाहीको नेपाल-भारत सीमावर्ती क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ । सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि झडप भएको जनाइएको छ ।
झडपका क्रममा सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले गोली चलाएको छ । गोली चल्दा १ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।
प्रदेश–२, प्रहरीका अनुसार, झडपमा १ जनाको मृत्यु र केही घाइते भएको जनाइएको छ । तर, घटनाबारे आधिकारिक जानकारी नभइसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस