देश

कर्णालीमा कोरोना संक्रमितको संख्या साढे ७ सय नाघ्यो

सुर्खेत, ३० जेठ-कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ७ सय ६३ पुगेको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा. लक्ष्मीनारयाण तिवारीका अनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौं बूढानीलकण्ठ-२ निवासी हाल चिङ्गाड गाउँपालिका-५ सुर्खेतमा बस्दै आएका १ जनामा कोरोना पुष्टि भएको हो ।

दैलेख डुङ्गेश्वर गाउँपालिका ६ महिने बच्चा, ४ महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका ९ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए । त्यस्तै, सुर्खेत चिङ्गाड गाउँपालिकाका ६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

Featured